Logo
गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषद्

香港尼泊爾僑民協會有限公司

Non-Resident Nepalese Association Hong Kong NCC

नियुक्त प्रमाणपत्र वितरण

मिति २६ नोभेम्बर २०२५ का दिन गैर आवासीय नेपाली संघ हङकङले आफ्ना कार्य समितिका सदस्यहरू तथा सल्लाहकारहरूलाई नियुक्त प्रमाणपत्र वितरण गर्दै संस्थागत सम्बन्धको उत्सव मनाइरहेको थियौं। 



तर दुर्भाग्यवश, सोही दिन ताई पोस्थित वाङ फूक कोर्टमा भएको भीषण आगलागीले १६० निर्दोष जीवनहरू अकालमै खोसियो। यो हृदयविदारक क्षणले हामी सबैलाई स्तब्ध र शोकाकुल बनाएको छ।
हामी दिवंगत आत्माहरूको चीर शान्तिको लागि गहिरो प्रार्थना गर्दछौं। घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ होस् भन्ने हार्दिक कामना गर्दछौं।



पीडित परिवारहरूको पीडा हाम्रो साझा पीडा हो। यस कठिन घडीमा हामी उनीहरूलाई साथ, सहानुभूति र समर्थन व्यक्त गर्दछौं।
यसै सन्दर्भमा, मिति २७ नोभेम्बर २०२५ मा नमोबुद्ध धर्म सेन्टरमा दीप प्रज्ज्वलन तथा विशेष पूजा सम्पन्न गरी दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।



गैर आवासीय नेपाली संघ हङकङ सम्पूर्ण समुदायसँगै शोकमा सहभागी छ। हामी सबै मिलेर पीडित परिवारलाई धैर्य, साहस र आशाको उज्यालो दिन सकौं भन्ने हाम्रो सामूहिक संकल्प छ।



Share this post